उद्देश्य

  • सम्पूर्ण प्रहरी कर्मचारीहरूको सुरु नियुक्तिदेखि अवकाशसम्मको अभिलेख अध्यावधिक गरी राख्नु।
  • सेवाबाट अवकाश प्राप्त प्रहरी कर्मचारीहरूको अभिलेख राख्नु।
  • सेवाबाट अलग भएका प्रहरी कर्मचारीहरूले पाउने निवृत्तभरण, उपदान, पारिवारिक निवृत्तभरण, सन्ततिवृत्ति, शैक्षिक वृत्ति लगायतका सुविधाहरू किटान गरी अधिकारपत्र प्रदान गर्ने र तिनको अभिलेख राख्नु ।
  • प्रहरी कर्मचारीले बार्षिक रुपमा बुझाउनु पर्ने सम्पत्ति विवरण दर्ता गरी अद्यावधिक गर्नु।
  • सरकारका विभिन्न निकायहरूमा नीति निर्माणका लागि आवश्यक पर्ने प्रहरी कर्मचारी सम्बन्धि सूचना तथा तथ्याङ्क उपलब्ध गराउनु ।