बर्तमान गतिबिधि
-
किताबखानाबाट प्रवाह गरिने सेवालाई व्यवस्थित, छिटो छरितो र पारदर्शी बनाउने क्रममा कार्यसंचालन कार्यविधि दिग्दर्शन कार्यान्वयनमा ल्याईएको ।
-
प्रहरी कर्मचारीहरुको बैयक्तिक विवरण (सिटरोल) लाई व्यवस्थित बनाउन Police Personnel Information System (PPIS) बनाई प्रहरी कर्मचारीहरुको व्यक्तिगत विवरणलाई कम्प्युटरकृत गरीएको ।
-
तलवी प्रतिवेदन पास गर्ने र स्केल मिलान गर्ने काम सम्वन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै गर्ने नीतिगत निर्णय भई कार्यान्वयन भईरहेको ।
-
प्रहरी कर्मचारीहरुका सिटरोल लगायतका अभिलेख तुरुन्तै पाउन सकिने बनाउन दर्जागत रुपमा अल्फावेट अनुसार डोसियर वनाई फायल व्यवस्थित किसिमले राख्ने काम सम्पन्न भएको
-
प्रहरी नियमावली र सशस्त्र प्रहरी नियमावलीमा भएको संशोधन अनुसार दरवन्दीका अवस्थामा मृत्यु भएका र अशक्त भएकाहरुका परिवारलाई दिईएका पट्टा संशोधन गरिएको ।
-
अभिलेख व्यवस्थित गर्न Software मा Data Entry गर्ने कार्य भैरहेको ।
-
किताबखानाको Website निमार्ण गरी सूचना सम्प्रेषण कार्य प्रारम्भ गरिएको ।
-
सम्पति विवरणको Software तयार गरी Data Entry भैरहेको ।
-
सेवा निवृत्त प्रहरी कर्मचारीहरुका परिवारहरुलाई उपलब्ध गराउने सेवालाई कम्प्युटरकृत गर्ने क्रममा काम भईरहेको ।