परिचय

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको  मातहतमा रहेको प्रहरी किताबखाना नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तर्फका सम्पुर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत विवरण राख्ने केन्द्रीय निकाय हो । यसले नीति निर्माणका लागी आवश्यक पर्ने प्रहरी कर्मचारी सम्बन्धी आवश्यक विवरण र तथ्याँक उपलब्ध गराउनुका साथै सेवा निवृत्त प्रहरी कर्मचारीहरुलाई नियमानुसार निवृत्तिभरण उपदान पारिबारीक निवृत्तिभरण असाधारण पारिबारीक बृत्ति शैक्षिक तथा सन्तति वृत्ति लगायतका सुविधाहरु उपलव्ध गराउन प्रमुख भूमिका निर्वाह गर्दछ ।

परिचय

सरकारी कर्मचारीहरूको अभिलेख व्यवस्थापनका सिलसिलामा किताबखानाको स्थापना तथाविकासक्रमको ऐतिहासिक पृष्ठभूमि धेरै पुरानो रहेको छ।मुलुककोप्रशासन सञ्चालनका लागि कर्मचारीहरू भर्ना गर्नेप्रक्रियालाई व्यवस्थित गर्ने कार्यसँगै यसको सुरुवात तथा विकास भएको पाइन्छ । सर्वप्रथम वि.स. १९०३ मा राणाशासनको प्रारम्भ भएसँगै मुलुकको प्रशासन संचालनका लागि कर्मचारी बहाली गर्ने कार्यको थालनी भएको देखिन्छ । यससँगै राज्यको प्रशासनिक कार्यको आकारमा बृद्धि हुँदै जाँदा कर्मचारीको संङ्ख्यामा पनि बृद्धि भएको र तिनिहरूको व्यवस्थित अभिलेख राख्नुपर्ने आवश्यकतालाई मनन गरी वि.स. १९०५ मा तत्कालिन प्रधानमन्त्री जङ्ग बहादुर राणाको पालामा निजामती, प्रहरी, जङ्गी र मिलिसियाका कर्मचारीहरूको लगत राख्ने मुख्य कार्यका लागि मुलुकी किताबखाना नामक कार्यालयको स्थापना भएको थियो ।वि.स. १९३३ मा मुलुकी किताबखाना नामक कार्यालयको नाम परिवर्तन गरीकमाण्डरी किताबखाना बनाइयो । यसै गरी वि.स. २००९ मा जङ्गी अड्डा स्थापना गरी मिलिसिया र सैनिक कर्मचारीको लगत राख्ने काम तोकिएपश्चात कमाण्डरी किताबखानाले निजामती र प्रहरी कर्मचारीहरूको लगत राख्ने काम गर्न थाल्यो ।यस सँगै वि.स. २०३५ मा नेपाल प्रहरी तर्फका कर्मचारीहरूको अभिलेख राख्रे, उनीहरूलाई निवृत्तभरण उपदानलगायतका सुविधा दिनका लागि प्रहरी किताबखाना नामक छुट्टै निकायको रुपमा यस किताबखानाको स्थापना भएको हो।वि.स.२००८ मा सेन्ट्रल इन्टिलिजेन्सको रुपमा स्थापना भएको कार्यालय वि.स. २०४२ मा नेपाल विशेष सेवा ऐनको तर्जुमा भई जनसम्पर्क प्रधान कार्यालयको नाममा रहेको र मिति २०४४ सालमा नेपाल विशेष सेवा नियमावली तर्जुमा भएको र वि.स. २०४७ मा नेपाल विशेष सेवा ऐनको पहिलो संशोधनले राष्ट्रिय अनुसन्धान विभागमा रुपान्तरित गरेसँगै यस मातहतका कर्मचारीको अभिलेख राख्ने लगायतका कार्य पनि प्रहरी किताबखाना बाटै हुँदै आएको पाइन्छ।साबिकमा भ्रष्ट्राचार निवारण ऐन, २०१७ अनुसार गठित विशेष प्रहरी विभागमा नेपाल प्रहरीतर्फकै कर्मचारी रहने गरेकोमा भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार विशेष प्रहरी विभाग खारेज भइ राष्ट्रिय सतर्कता केन्द्र स्थापना भएपश्चातविशेष प्रहरी विभागबाट समायोजन भै आएका प्रहरी कर्मचारीहरुको अभिलेख व्यवस्थापन पनि यसै किताबखानाबाट हुँदै आएको छ ।यसै गरी वि.स. २०५८ मा सशस्त्र प्रहरी बल नेपालको स्थापना भएसँगै सशस्त्र प्रहरी मातहतका सम्पूर्ण कर्मचारीको अभिलेख राख्ने लगायतका कार्य पनि प्रहरी किताबखानाबाटै हुँदै आएको देखिन्छ।यससँगै यस किताबखानामा हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र राष्ट्रिय सतर्कता केन्द्र मातहत रहेका सम्पूर्ण कार्यरत स्थायी र अवकाश प्राप्त प्रहरी कर्मचारीको अभिलेख व्यवस्थित गरी निजहरूलाई सम्बन्धित ऐन नियमानुसार दिइने सेवा, सुविधा प्रदान गर्दै आएको छ।वि.सं २०७२ सालमा नेपालको संविधान कार्यान्वयनमा आएसँगै राज्य पुनर्सरचनाका सिलसिलामा संघ, प्रदेश र स्थानीय तहहरू रहने गरी राज्यको राजनैतिक तथा प्रशासनिक पुनर्संरचना भएको छ।यसै सन्दर्भमा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७५/०2/०6 को निर्णयानुसार समान प्रकृतिका कार्य गर्ने तत्कालिन निजामती किताबखाना, प्रहरी किताबखाना र शिक्षक किताबखानालाई एकिकृत गरी राष्ट्रिय किताबखाना स्थापना भएकोथियो । यसरी एकीकृत गरिएका तीनवटै किताबखानाका सम्पूर्ण अभिलेखहरू व्यवस्थित गरी सेवा प्रवाह गर्न एकीकृत भवन नबनिसकेको कारणले सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(मन्त्रीस्तर)को मिति2076।03।19 निर्णयानुसार प्रस्तावित स्थानमा रुपान्तरण हुने समयसम्म वा अर्कोवैकल्पिक व्यवस्था नभएसम्मका लागि तत् तत् स्थानबाटै राष्ट्रिय किताबखानाको नामबाट कार्य सञ्चालन गर्ने निर्णय भए बमोजिम साबिकको प्रहरी किताबखाना हाल राष्ट्रिय किताबखाना(प्रहरी) को नामबाटलैनचौर काठमाण्डौमा अवस्थित आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको छ ।यस किताबखानाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र राष्ट्रिय सतर्कता केन्द्रको मातहतमा रहेका सम्पूर्ण प्रहरी कर्मचारीहरूको अभिलेख व्यवस्थित गरी प्रहरी कर्मचारीहरूलाई सम्बन्धित ऐन, नियम अनुसार प्रदान गरिने निवृत्तभरण, उपदान, पारिवारीक निवृत्तभरण, असाधारण पारिवारीक निवृत्तभरण, अशक्त वृत्ति, शैक्षिक तथा सन्तती वृत्ति समेतका सुविधाहरू प्रदान गर्नुका साथै स्केल मिलान गर्ने¸ तलबी प्रतिवेदन पारित गर्ने¸ प्रहरी कर्मचारीहरूको आवश्यक विवरण र तथाङ्क उपलब्ध गराउने र सम्पत्ति विवरण व्यवस्थापन गर्ने कार्य समेत गर्दै आएको छ । यस किताबखानाबाट सम्पादन हुने कार्यलाई छिटो छरितो र गुणस्तरीय ढङ्गबाट सेवा प्रदान गर्न र सेवाग्राहीहरूले गुणस्तरीय सेवा सहज तथा सरल रुपमा प्राप्त गर्न सकुन् भन्ने हेतुले PPIS (Police Personnel Information System) सफ्टवेयरमार्फत कार्यसम्पादन गरिँदै आएको छ ।